Logo

कालीमाटी फलफूल तथा तरकारी बजार बन्द, यस्तो छ नयाँ व्यवस्था

कालीमाटी फलफूल तथा तरकारी बजार बन्द, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कालीमाटी बजार विकास समितिले तरकारी बजार बन्द गर्ने भएको हो ।

समितिले आज एक सूचना जारी गर्दै कृषक बजार आजदेखि पूर्ण रुपमा बन्द हुनेछ । खुद्रा बजार भने बिहीबारदेखि बन्द हुनेछ । थोक बजारमा हुने खुद्रा व्यापार बुधबारदेखि बन्द हुने समितिले जनाएको छ ।

थोक बजारमा सामाजिक दूरी कायम गरेर पसलमा अधिकतम दुईजना बसी प्याकेजिङ गरेर बिक्री–वितरण गर्न पाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL