Logo

पीसीआर कीट सकिएपछि शुक्रराज ट्रपिकल अस्पतालमा पीसीआर परीक्षण स्थगित

पीसीआर कीट सकिएपछि शुक्रराज ट्रपिकल अस्पतालमा पीसीआर परीक्षण स्थगित



काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण कार्य स्थगित गरिएको छ ।

पीसीआर कीट सकिएपछि परीक्षण कार्य स्थगित गरेको र अर्को सूचना जारी नभएसम्म परीक्षण नहुने अस्पतालले जनाएको छ । अस्पतालमा अन्तिमपटक शनिबार पीसीआर परीक्षण गरिएको थियो ।

तर परीक्षणका लागि चाहिने रिएजेन्ट किट सकिएकाले परीक्षण रोकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सो किटको व्यवस्था कति दिनमा हुन्छ भन्ने यकिन गर्न नसकिएको अस्पताल स्रोतको भनाई छ । पीसीआर परीक्षण स्थगित गरिँदा पर्न जाने असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

teku hospital

प्रतिक्रिया दिनुहोस्