Logo

कोरोनाबाट विश्वव्यापी मुक्तिको बाटोमा नयाँ भेरियन्टको चुनौती, ग्लोबल रिकभरीमा खोपले सहयोग पुर्याउला ?

कोरोनाबाट विश्वव्यापी मुक्तिको बाटोमा नयाँ भेरियन्टको चुनौती, ग्लोबल रिकभरीमा खोपले सहयोग पुर्याउला ?



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सार्स कोभ–२ को नयाँ भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखियो । त्यससँगै विश्वभर नयाँ भेरियन्टका साथ भ्याक्सिनलाई नै गतिरोध गर्ने गरि एक पछि अर्को देशमा फैलियो । गत बर्षदेखि फैलिएको यो नयाँ भेरियन्टका कारण कोरोना नियन्त्रण गर्ने विभिन्न रणनीतिहरु पनि असफल बन्दै गएका छन् ।

नयाँ भेरियन्टविरुद्ध खोप र पुर्व सतर्कताले नियन्त्रण गर्नपनि उत्तिकै प्रयास र सहयोग पुगिरहेको छ । जुन नयाँ भेरियन्टका लक्षणहरुलाई केही परास्त गर्ने प्रमाण दक्षिण अफ्रिकाको एक खोपले पनि देखाइसकेको छ । यस्तै अक्सफोर्ड विश्वविद्यालयहरुले विकास गरेको अस्ट्राजेनेका खोपमा पनि त्यो प्रमाण भेटिएको छ । दक्षिण अफ्रिकाका केही विज्ञहरुले भने एकैचोटी धेरै जनालाई खोप लगाउने अर्थात मास भ्याक्सिनेसनमा विवाद उत्पन्न गरेका छन् । एक पक्ष यो ठिक छैन भन्छ भने एकथरी यसले कोरोना नियन्त्रण गर्नेमा विश्वास गर्छ ।

भ्याक्सिनको ट्रायलका कारण नयाँ भेरियन्टको नियन्त्रणमा पनि केही सकारात्मक असर परेको देखिन्छ । एक वैज्ञानिकका अनुसार कोरोनाविरुद्धको खोप लगाएकाहरुमा खोप नलगाएकाहरुको तुलनामा धेरै कममात्रामा संक्रमण हुने देखिन्छ । तर, कोरोनाविरुद्धको खोपले अन्य खोपहरुले जस्तो काम नगर्ने प्रमाणहरु सार्वजनिक भएपनि कोरोनाविरुद्धका खोपहरु भने प्रभावकारी देखिएका छन् ।

दक्षिण अफ्रिकास्थित क्वाजुलु विश्वविद्यालयका जीवशास्त्री हौरिया टेगल्लीले जतिसक्दो चाँडो र धेरै स्थानमा खोप पुर्याउनुपर्ने कुरालाई प्राथमिकता दिनुपर्ने सल्लाह अघि सारेकी छन् । उनले नयाँ भेरियन्टको फैलावट अध्ययन गर्दै आएकी छन् । उनले पछिल्लो समय अफ्रिकामा नयाँ भेरियन्ट फैलिएकाले खोपको पुर्ण बन्दोबस्त नगरे ठुलो संकट आईपर्ने बताएकी छन् ।

नयाँ मानिएको कोरोनाको बी १.३५१ भेरियन्ट गत अक्टोबरको मध्यतिर दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तबाट फैलिएको थियो । जुन विस्तारै अन्य छिमेकी देशहरुमा पनि फेला परेको विश्वविद्यालयका निर्देशक टुलियो डे ओलिभिएराले बताए । उनले अन्य कोरोनाका तुलनामा नयाँ भेरियन्ट फैलने दर उच्च हुनुका साथै प्रतिरोधात्मक क्षमतामा तीव्र ह्रास ल्याउने भएपछि खतरनाक भएको बताए । जसका कारण दक्षिण अफ्रिकाका प्राय देशहरुमा यो नयाँ भेरियन्ट फैलिएसँगै विश्वभरका देशहरुमा यो देखा परेको छ । हालसम्म यो नयाँ भेरियन्ट ६० बढी देशमा देखा परेको छ । तर, खोपहरु कोरोनाको नयाँ भेरियन्टका लागि त्यति प्रभावकारी मानिएका छैनन् । जसका कारण पछिल्लो समय विश्वभर नै कोरोना महामारी अन्त्यमा नयाँ चुनौती थपिएको देखिन्छ । अन्तरराष्ट्रिय सञ्चार माध्यमबाट अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL