Logo

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस, मंगलबारको बैंठकले निर्णय गर्दै

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस, मंगलबारको बैंठकले निर्णय गर्दै



काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ ।

पछिल्लो समयमा मुलुकभर कोभिड १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताए । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि थप कडाइ गर्दै पुन अर्काे एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा संक्रमित भेटिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL