Logo

कोरोनाका कारण आजै १३९ जनाको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण पुष्टि

कोरोनाका कारण आजै १३९ जनाको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आजमात्रै थप १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १ सय ३९ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६ सय २३ जना पीसीआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १ सय ४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९ सय १० जना र २ सय ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्