Logo

देउवा, दाहाल र यादवको संयुक्त विज्ञप्ती, नयाँ प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष माग

देउवा, दाहाल र यादवको संयुक्त विज्ञप्ती, नयाँ प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष माग



काठमाडौं । प्रधानमन्त्री केपी शर्माले ओलीले संघीय संसदबाट आफ्नो पक्षमा विश्सवासको मत नपाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका पार्टीले राष्ट्रपति समक्ष नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन माग गरेका छन् । संघीय संसदमा आज भएको मतदान प्रक्रियामा प्रधानमन्त्री आलीले विश्वासको मत गुमाए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शभापति शेरबहादूर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष माग गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राख्नु भएको प्रस्ताव संविधानको धारा १०० को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेकोले सम्माननीय के. पी. शर्मा ओली नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट मुक्त हुनु भएका छ,’ विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आव्हान गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL