Logo

संसदमा देउवाले भने– ‘एक बर्षअघि औषधि, पीपीइ, र स्वास्थ्य सामग्रीमा अनियमितता भयो, अहिले खोपमा अनियमितता’

संसदमा देउवाले भने– ‘एक बर्षअघि औषधि, पीपीइ, र स्वास्थ्य सामग्रीमा अनियमितता भयो, अहिले खोपमा अनियमितता’



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक बर्षअघि औषधि, पीपीइ, र स्वास्थ्य सामग्रीमा अनियमितता भयो अहिले खोपमा अनियमितता भएको बताएका छन् । प्रतिनिधि सभाको वैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत लिने सम्बन्धि प्रस्तावमा बोल्दै सभापति देउवाले
खोप ल्याउन सरकारले समयमा पहल नगरेको आरोप लगाउँदै सभापति देउवाले महामारीको बेला औषधि र खोपमा अनियमितता गर्नु मानवीयविरुद्धको अक्षम्य अपराध भएको बताए ।

‘एक बर्षअघि औषधि, पीपीइ, र स्वास्थ्य सामग्रीमा अनियमितता भयो अहिले खोपमा अनियमितता भएको छ, यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ,’ देउवाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्णरुपमा असफल भएको बताए ।

देश अप्ठ्यारो अवस्थामा रहेको भन्दै देशको राजनीति संबिधान र विधिसम्बत नभएको आरोप लगाएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने थाहा पाउदा पाउदै विश्वासको मत लिन खोजेको बताए । सरकार संबिधान अनुसार चलेको छ त ? भन्ने प्रश्न उठेको भन्दै सभापति देउवाले इतिहासले प्रश्न गरिरहेको बताए ।

सभापति देउवाले जनताले नेकपा एमाले र माओवादी केन्द्रलाई दुई तिहाई बहुमतको सरकार बनाउने जिम्मा दिएकोमा तीन बर्षमै विश्वासको मत लिन प्रधानमन्त्री आएको यस घटनाको जिम्मेवारी कसको हो रु प्रधानमन्त्रीको नै भएको बताए । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई अरुलाई प्रश्न गरेर भाग्न नपाउने बताएका छन् ।

सभापति देउवाले भने, ुअहिले हामीले संसदमा बोलिरहदा नागरिक सडकमा अस्पतालको पेटीमा, एम्बुलेन्समा मरिरहेको, छटपटाइरहेको अवस्था रहेको छ । हाम्रो पार्टीले पटक पटक सरकारलाई ध्यानाकर्षण गर्दा पनि सरकारले सुन्दै सुनेन । विज्ञहरुले कोरोनाको लहर पटक पटक आउने भनेर दिएको चेतावनी सरकारले बेवास्ता गरेको छ ।ु

संसद शुरु भएदेखि नै सरकारले संबिधानको पालना नगरेको भन्दै सभापति देउवाले संसदको शपथ नलिइ प्रधानमन्त्री बनेको आरोप लगाए । उनले संबिधानले सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्नेमा त्यस व्यवस्थाको अपब्याख्या गर्दै एकै दलको बनाइयो र अहिले खाली राखिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
MBL