Logo

कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ, तर निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो : प्रधानमन्त्री

कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ, तर निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि हिलो छ्याप्ने काम भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणलगायतका कार्यमा उल्लेख्य प्रगी र्दा पनि विपक्षीहरुबाट हिलो छ्याप्ने काम भएको बताएका हुन् । उनले महामारीको समयमा भ्रष्टाचार भए कारबाही हुने बताएका छन् ।

उनले भने, ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो ।’

प्रतिक्रिया दिनुहोस्