काठमाडौं । नागरिक लगानी कोाषको सेयर कारोवार बन्द भएको करीव १ बर्षपछि खुलेको छ । कोषको सेयर २०७१ फागुन २७ गतेदेखि कारोबार बन्द थियो । कारोबार भइसकेको शेयरको नामसारी नगरेको विषयमा विवाद भएपछि नेप्सेले कोषको कारोबार रोकेको थियो ।
मंगलबार यो सेयरको नामसारीको सबै प्रक्रिया सकिएकाले बुधबारबाट सेयर कारोबार खुला भएको बताइएको छ । नेप्सेले आफ्नो निर्देशन अनुसार खरीदकर्ताको नाममा सेयर नामसारी भएकाले सिआइटीको सेयर कारोबार सुचारु भएको सूचना सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार योगेन्द्रभक्त श्रेष्ठको शेयर कारोबार रोक्का राख्नु नपर्ने पुनरावेदन अदालतको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरे पछि सेयर खुलेको हो ।
श्रेष्ठले बिभिन्न संस्थालाई तिर्नुपर्ने रकम उठाउने प्रयोजनको लागि शेयर बिक्री गर्न राष्ट्र बैङ्कले स्वीकृती दिएको भएपनि नेप्से र कोषबीच आपसी विवादमा शेयर कारोबार रोक्का भएको थियो ।