Logo

माधब–झलनाथ समुहले संसद पदबाट राजिनामा नदिने, बैंठकमा उपस्थित नहुने निर्णय

माधब–झलनाथ समुहले संसद पदबाट राजिनामा नदिने, बैंठकमा उपस्थित नहुने निर्णय



काठमाडौं । नेकपा एमालेको माधब नेपाल र झलनाथ खनाल समुहले संसद पदबाट राजिनामा नदिने भएका छन् । उक्त समुहका सांसदहरुले प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउन संसदपदबाटै सामुहिक राजिनामा दिने बताउँदै आएपनि हाल आएर राजिनामा नदिने निर्णय गरेका हुन् ।

उनीहरुले संसदपदबाट राजिनामा नदिएपनि आज हुने संसद बैंठकमा भने उपस्थित नहुने निर्णय गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

तर नेपाल एमालेले हिजो नै ह्विप जारी गर्दै आफ्नो पार्टीका सम्पूर्ण संसदहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL