Logo

कोरोना संक्रमितको उपचारका लागि १२ वटा अस्पताल थपिए, ५४ वटा आईसीयू बेड र ५ वटा भेन्टिलेटर पनि थपिए

कोरोना संक्रमितको उपचारका लागि १२ वटा अस्पताल थपिए, ५४ वटा आईसीयू बेड र ५ वटा भेन्टिलेटर पनि थपिए



काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि १२ वटा अस्पताल थप गरेको छ ।

आइतबारबाट काभिड बिरामीको उपचारका लागि १२ वटा अस्पताल थपिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १२ वटा अस्पताल, ५४ वटा आईसीयू बेड, ५ वटा भेन्टिलेटर र १२ वटा एचडीयू बेड थपिएको छ । अक्सिजन सिलिण्डरको संख्या २७ हजार ७६१ रहेको उनले जानकारी दिए ।

कोरोनाका बिरामीहरूको उपचारमा समस्या भइरहेका बेला सरकारले थप १२ वटा अस्पतालमा बिरामीको उचापर गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL