Logo

देउबा र सापकोटले बैठक बहिष्कार गरेपनि लोकसेवा आयोगलगायत संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी सिफारिस

देउबा र सापकोटले बैठक बहिष्कार गरेपनि लोकसेवा आयोगलगायत संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी सिफारिस



काठमाडौं । संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगका रिक्त पदहरुमा पदाधिकारी सिफारिस गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगलगायत अन्य संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको हो । ती आयोगहरुमा विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गरिएको जानकारी प्राप्त भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष एवं परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाका अनुसार सिफारिस गरिएका व्यक्तिहरुको नाम लिपिबद्ध हुन बाँकी छ । सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने उनले जानकारी दिए ।

प्रधानमन्त्रीले बोलाएको उक्त बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा तथा माओवादीका नेता एवं सभामुख अग्नि सापकोटाको भने उपस्थिति थिएन । परिषदका पदेन सदस्यमध्ये प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र राष्ट्रिय सभाध्यक्ष तिम्सिनाको मात्र उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL