Logo

अक्सिजन उद्योगलाई स्वास्थ्य मन्त्रालयको परिपत्र, अक्सिजनका लागि मन्त्रालयको सिफारिस अनिवार्य

अक्सिजन उद्योगलाई स्वास्थ्य मन्त्रालयको परिपत्र, अक्सिजनका लागि मन्त्रालयको सिफारिस अनिवार्य



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिण्डर भरेर बिक्री-वितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले अक्सिजन उद्योगलाई परिपत्र गर्दै सिफारिस बिना कुनै पनि सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

शनिबार अक्सिजनसँग सम्बन्धित १० कम्पनीलाई यस्तो आग्रह गरिएको हो । ‘नेपालमा दिन प्रतिदिन फैलिरहेको कोभिड-१९ महामारीको दोसो लहरको कारणले गर्दा धेरै संक्रमिहरुलाई अक्सिजनको आवश्यकता परिरहेको सन्दर्भमा अक्सिजन बिक्रीवितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकोले मन्त्रालयको सिफारिसबिना कुनैपनि सरकारी सामुदयिक तथा निजि अस्पतालहरुलाई सिलिण्डर भरी बिक्रिवितरण नगर्नुहुन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL