Logo

नेपालमा कोरोना संक्रमित हुने दैनिक संख्या घट्यो, निको हुने बढे

नेपालमा कोरोना संक्रमित हुने दैनिक संख्या घट्यो, निको हुने बढे



काटमाठौं । नेपालमा नयाँ कोरोना संक्रमितभन्दा कोरोना संक्रमण भएर ठिक हुने विरामीको संख्या बढेको छ ।

शुक्रबारसम्म दैनिक रुपमा कोरोना संक्रमण हुनेको संख्या बढ्दै गएकोमा शनिवार घटेको छ भने कोरोना संक्रमण भएर ठिक हुने संख्या भने उच्च रुपमा बढेको छ ।

शुक्रबार नेपालमा कुल ९१९६ जनालाई कोरोना संक्रमण भएको थियो । तर शनिबार भने ८४१८ जनलाई मात्रै कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी शनिबार कोरोना संक्रमण भएर निको हुनेको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । शुक्रबार कोरोना संक्रमणबाट २९०५ जना निको भएर घर फर्किएकोमा शनिबार ३३७० कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसैगरी कोरोना संक्रमणबाट शनिवार ५३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्