Logo

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने आँकलन

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने आँकलन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेपनि आज साँझ ५ बजेलाई आकस्मिक बैठकका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा पनि खुलाइएको छैन ।

‘एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले आफुहरु अन्योलमा रहेको ती मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलएका छन् भने सोमबार संसदमा विश्वासको मत लिने मिति तय भएको छ ।

परिषद बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने जानकारी दिएको अवस्था र संसदमा विश्वासको मत पुर्याउन नसक्ने स्थितिबीच कुनै महत्वपूर्ण निर्णय हुनसक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL