Logo

कोरोनाविरुद्धको खोप कति प्रभावकारी ? खोप लगाएका १५ लाख मानिसको अध्ययनपछि वैज्ञानिकले निकाले यस्तो निष्कर्ष

कोरोनाविरुद्धको खोप कति प्रभावकारी ? खोप लगाएका १५ लाख मानिसको अध्ययनपछि वैज्ञानिकले निकाले यस्तो निष्कर्ष



काठमाडौं । अहिले विश्वभर कोरोनाविरुद्धको भ्याक्सिन (खोप) को चर्चा छ । कोरोना महामारीबाट उन्मुक्तिका लागि एकमात्र उपायका रुपमा ब्याख्या गरिएको खोपका बारेमा विभिन्न चर्चा–परिचर्चा र विवाद पनि बाहिर आइरहेका छन् । खोपको प्रभावकारितबारे पनि अहिलेसम्म ठोस तथ्या बाहिर आइसकेको छैन् ।

यसै सन्दर्भमा कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिताबारे बैज्ञानिकहरुले थप अध्ययन–अनुसन्धानबाट नयाँ तथ्य पत्ता लगाएका छन् । पछिल्लो एक अध्ययनका अनुसार पूर्ण डोज लगाएका मानिसहरुलाई कोरोना संक्रमणका लक्षण सोचेभन्दा कम हुने देखिएको छ । अमेरिकास्थित जनस्वास्थ्य विभागले शुक्रबार जारी गरेको एक प्रतिवेदनअनुसार कोरोना भाइरसविरुद्धको खोप लगाएका शुन्य दशमलव १ प्रतिशत मानिसमा मात्रै कोरोना संक्रमण हुने देखिएको हो ।

विभागले १४ लाख ६७ हजार १८९ जनामा गरेको अनुसन्धानमा २ सय ४२ जनामा कोरोना संक्रमण देखिएको थियो । यसमध्ये १ सय ९ जना अर्थात ४५ प्रतिशतमा कोरोनाका कुनै लक्षण देखिएका थिएनन् । यस्तै भ्याक्सिनको पूर्ण डोज लगाएका संक्रमितहरु २ सय ४२ जनामा ३ जनाको मृत्यु भएकोसमेत पुष्टि भएको छ । मृत्यु भएको संक्रमितहरु ५५ देखि ७५ बर्ष उमेर समूहका छन् । यस्तै अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार हालसम्म खोपको पूर्ण डोज लगाएका मानिसहरुमध्ये १ सय ३२ जनाको निधन भईसकेको छ ।

हाल विश्वभर लगाईएका कोरोनाविरुद्धका खोपहरु उच्च प्रभावकारी मानिएको छ । जसका कारण प्रायः कोरोना संक्रमितलाई लक्षणहरु भने धेरै न्यून रुपमा देखा परेका छन् ।

भ्याक्सिनकै कारण मानिसलाई धेरै प्रकारका श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने, श्वास फेर्न गाह्रो हुने, हस्पिटल भर्ना हुनुपर्नेलगायतमा भने कमी आएको छ । ब्रेकथ्रु भएका २ यय ४२ केसमध्ये ६५ दशमलव ७ प्रतिशत अर्थात १५९ जना महिला र २४ प्रतिशत अर्थात पुरुष रहेका छन् । जो घरमै बसेर नर्सको सहायताले सामान्य उपचार गराईरहेका छन् । यस्तै ३२ जना अर्थात १३ दशमलव २ जना भने संक्रमणका लक्षण देखिएर अस्पताल भर्ना भएका छन् । अन्तराष्ट्रिय समाचार माध्यमको समाचारमा आधारित अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL