Logo

करोडौं मानिसले लगाइसकेको चिनियाँ खोप सिनोभ्याकले पायो मान्यता, डब्ल्युएचओद्धारा आपतकालीन प्रयोग अनुमति

करोडौं मानिसले लगाइसकेको चिनियाँ खोप सिनोभ्याकले पायो मान्यता, डब्ल्युएचओद्धारा आपतकालीन प्रयोग अनुमति



काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चीनद्वारा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।

चीनको सरकारी मातहतको औषधि उत्पादक कम्पनि सिनोफार्मले बनाएको सिनोभ्याक खोपलाई शुक्रबार बसेको डब्ल्यु एच ओको बैठकले स्वीकृति दिएको हो । यो खोप दुई मुख्य चिनियाँ खोप मध्येको एक हो जुन हालसम्म चीन र विदेशमा गरि करोडौं मानिसले लगाइसकेका छन् ।

डब्ल्यूएचओले यसघि फाइजर, एस्ट्राजेनेका, जॉनसन एन्ड जोन्सन र मोडर्नाद्वारा बनाएको खोपहरूलाई मात्र स्वीकृति दिएको थियो । यो खोप कोरोनाबिरुद्ध लड्न आपतकालीन प्रयोजनका लागि डब्ल्युएचओको मान्यता पाएको छैटौं खोप हो ।

संगठनका महानिर्देशक तेद्रोस अधानोमले एक छुट्टै विशेषज्ञ प्यानलले सिनोभ्याक खोप १८ वर्ष उमेर माथिका लाई दुई डोज लगाउन सिफारिस गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL