Logo

अक्सिजन सिलिण्डर संकलनमा गृह मन्त्रालयको सक्रियता, आजै संकलन भए १ हजार ८१६ थान सिलिण्डर

अक्सिजन सिलिण्डर संकलनमा गृह मन्त्रालयको सक्रियता, आजै संकलन भए १ हजार ८१६ थान सिलिण्डर



काठमाडौं । गृह मन्त्रालयको सक्रियतामा आज देशभर १ हजार ८ सय १६ ओटा अक्सिजन सिलिण्डर संकलन गरिएको छ । नेपालभरका विभिन्न स्थानबाट खाली रहेका सिलिण्डरहरु प्रहरी, उद्योगीलगायतका उपस्थितीमा जम्मा गरिएको हो ।

गृह मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न अस्तालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव भएपछि सिलिण्डर संकलन थालिएको हो । जसमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय । स्वास्थ्य मन्त्रालयको सक्रिय उपस्थिती रहेको थियो ।

जसमा कतिपय अस्तालहरुले सिलिण्डर लुकाएको अवस्थामा भेटिएको थियो भने कतिपय स्थानबाट स्वतः रुपमा सेवाग्राही आफैले यस्ता सिलिण्डरहरु उपलब्ध गराएका थिए । यी सिलिण्डरहरुलाई आवश्यक परेका लाभग्राहीलाई स्वास्थ्य मन्त्रालय र वाणिज्य विभागको उपस्थितीमा वितरणसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL