Logo

एकैदिन ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ९०५ जना संक्रमणमुक्त

एकैदिन ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ९०५ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ९ हजार १ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४ सय ९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, यस्तै आजै २ हजार ९ सय ५ जना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्