Logo

३२ अंकले बढ्यो नेप्से, कारोवारमा हिमालयन बैंक अगाडी

३२ अंकले बढ्यो नेप्से, कारोवारमा हिमालयन बैंक अगाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजनितीक विवाद अन्त्य हुने लक्षण देखिएसँगै नेप्से परिसुचक मंगलवार उकालो लागेको छ । नेप्से परिसुचक ३२ दशमलव २६ अंकले उकालो लागेंको हो ।

सो दिन १ हजार ६६ दशमलव ३८ अकंमा पुगेर बजार बन्द भएको छ । विगत लामो समयदेखि लगातार ओरालो लागेको नेप्से सोमवार केही बढेको थियो ।

मंगलवार अधिकांश समुहको परिसुचक बढेपछी समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ७० अंक्ले उकालो लागेको छ । त्यस्तै होटल समुह १ सय १द्द दशमलव २१ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ३७ अंकले बढेको छ ।

त्यसैगरी जलविद्युत ३० दशमलव ८५, विकास बैंक २२ दशमलव ८७ र अन्य समुहको परिसुचक ४ दशमलव ७ अंकले बढेको छ । यता फाइनान्स समुहको सुचक भने ० दशमलव १४ अंकले ओरालो लागेको छ ।

सो दिन हिमालयन बैंकको कारोवार सबैभन्दा बढी १ करोड ७७ लाख भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स १ करोड ६५ लाखको कारोबार भएको छ ।

मंगलवार १ सय १५ कम्पनी कारोबारमा आएक थिए । ती कम्पनीको ४ लाख १६ हजार कित्ता सेयरबाट २० करोड ७३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL