Logo

सेजन अवार्ड चालिसे र आचार्यलाई, नगद रु ५० हजार प्रदान

सेजन अवार्ड चालिसे र आचार्यलाई, नगद रु ५० हजार प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस वर्षको ‘सेजन अवार्ड’ न्युज २४का नवराज चालिसे र कान्तिपुर दैनिकका कृष्ण आचार्यले पाएका छन् । सेजनले १ वर्ष भरीमा उत्कृष्ट समाचार लेख्ने मध्येबाट उनीहरुलाइ पुरस्कृत गरेको हो ।

कान्तिपुर दैनिकका आचार्यले एनसेलको विकृति सम्बन्धी समाचार लेखेवापत उक्त पुरस्कार पाएका थिए भने चालिसेले सुनको समाचार लेखेवापत उक्त पुरस्कार पाएका हुन् । उनीहरुले प्रमाणपत्र र नगद रु. ५०/५० हजार पाएका छन् । सेजनले हरेक वर्ष छापा र विद्युतीय माध्यमका एक/एक जनालाई पुरस्कृत गर्दै आएको छ ।

पत्रकारको छवी र उसले लेखेको समाचारको प्रभावको आधारमा पुरस्कृति गरिएको समेत अवार्ड जुरी कमिटिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्