काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे बालुवाटारमा बैठक बोलाइएको बताइएको छ ।
बैठकमा, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
यसअघि एमालेको आकस्मिक बैठक आजै बसेको थियो भने बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शिलत निवास गएका थिए ।