Logo

वरिष्ठ गाएक प्रेमध्वज प्रधानको निधन, आजै दाहसंस्कार गरिँदै

वरिष्ठ गाएक प्रेमध्वज प्रधानको निधन, आजै दाहसंस्कार गरिँदै



काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार ८५ वर्षको उमेरमा आज निधन भएको हो । छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको दिउँसो साढे १ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको आजै दाहसंस्कार गरिनेसमेत पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत गितहरुमा आफ्नो योगदान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्