Logo

एसियन लाईफ अब एनसीएचएलको एनपीआई प्रणालीमा आवद्ध, सबै भुक्तानीहरु अब पूर्ण स्वचालित हुने

एसियन लाईफ अब एनसीएचएलको एनपीआई प्रणालीमा आवद्ध, सबै भुक्तानीहरु अब पूर्ण स्वचालित हुने



काठमाडौं । एसियन लाईफ इन्स्युरेन्स अब एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मा आवद्ध भएको छ । सम्पूर्ण भुक्तानीहरु एनआईसी एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी कम्पनी एनसीएचएलको एनपीआईमा आबद्ध भएको हो । सोहि अनुसार एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ ।

यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ । एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्ने छन् ।

एसियन लाईफ सँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्ट आईपीएसको को इपेमेन्टबाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL