Logo

मलेसियाले लगायो नेपाली नागरिकलाई भ्रमणमा प्रतिबन्ध, अन्य तीन देशका नागरिकमाथि पनि प्रतिबन्ध

मलेसियाले लगायो नेपाली नागरिकलाई भ्रमणमा प्रतिबन्ध, अन्य तीन देशका नागरिकमाथि पनि प्रतिबन्ध



काठमाडौं । मलेसियाले नेपाल सहित दक्षिण एशियाका अन्य तिन देशका नागरिकलाई प्रतिबन्ध लगाएको छ ।

नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानका नागरिकलाई मलेसियाको भ्रमणको लागी प्रतिबन्ध लगाएको हो । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण मलेसियाले यस्तो निर्णय गरेको हो ।

मलेसियाका सिनियर मन्त्री दातुक सेरी इस्माइल सब्री याकुबले यो निर्णय भएको घोषणा गरेको मलेसियाको सञ्चार माध्यम द स्टारले जनाएको छ।

यद्दपी यो निर्णय लागू हुने मितिबारे मन्त्री याकुबले केही उल्लेख नगरेको द स्टारले जनाएको छ। यस अघि नै भारत सँगको हवाई उडान मलेसियाले स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्