Logo

तेस्रो त्रैमाससम्म प्रभु लाइफले कमायो १३ करोड ७८ लाख खुद नाफा, गत बर्षभन्दा १४८ प्रतिशतले बढि

तेस्रो त्रैमाससम्म प्रभु लाइफले कमायो १३ करोड ७८ लाख खुद नाफा, गत बर्षभन्दा १४८ प्रतिशतले बढि



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७ ७८ को वित्तीय विवरण सार्वजनिक गर्दै गत बर्षको तुलनामा १४८ दशमलव ३३ प्रतिशतले खुद नाफा बढेको बताएको हो । गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको तुलनामा ११५ दशमलव ६० प्रतिशतले धेरै हो । गत वर्षको यही अवधीमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको बिमा कोषको आकार पनि १८१ दशमलव ९९ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधीमा कम्पनीको बिमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL