Logo

मासुबाट कोरोना सर्ने अध्ययनको निष्कर्ष, यसो भन्छन् बैज्ञानिकहरु

मासुबाट कोरोना सर्ने अध्ययनको निष्कर्ष, यसो भन्छन् बैज्ञानिकहरु



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबारे विभिन्न अध्धयन–अनुसन्धान हुने क्रम जारी छ । कोरोनाका कारण विश्व नै प्रभावित भएको छ भने प्रायः सबै क्षेत्रमा कोरोनाको गम्भीर प्रभाव परेको छ । कोरोनाका कारण पछिल्लो समय मासु व्यवसायमा परेको देखिएको छ ।

अन्य खानासम्बन्धी क्षेत्रहरुभन्दा मासुसम्बन्धी क्षेत्रहरुमा बढि प्रकोप रहेको एक नयाँ अध्ययनले देखाएको हो । जसका कारण गत बर्षको कोरोना महामारीमा अघिल्लो बर्षको तुलनामा अमेरिकालगायत देशहरुमा मासुको व्यावसायमा ९५ प्रतिशत बढिको गिरावट आएको थियो ।

गत बर्ष जर्मनीको एक मासु पसलेलाई कोरोना भाइरस संक्रमण देखिएपछि अन्य मासु पसलेले पनि जाँच गराएका थिए । एकैचोटी १ हजार जनाभन्दा बढीमा गरिएको जाँचमा मासु व्यवसायसम्बन्धी १७१ जना कामदारमा कोरोना पोजेटिभ देखिएको थियो ।

तर, मासुजन्य जनावरहरु कुखुरा, माछा, सुँगुर, खसीलगायत जनावरहरुबाट कोरोना सर्ने प्रमाणहरु अध्धयनबाट नभेटिएपनि मासुबाट भने कोरोना सर्ने वा मासुमा रहेको तरल पदार्थमा कोरोनाका भाईरसहरु जीवित रहनसक्ने अध्धयनले पुष्टि गरेको छ।

अन्तररािष्ट्रयस्तरमा मासुलाई कोरोना सार्ने प्रमुख माध्यमको रुपमा लिइएको छ । अर्थात कुनै कोरोना संक्रमण मासु पसलेले एकैचोटीमा धेरै जनासम्म भाइरस पुर्याउन सक्ने आँकलन गरिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL