Logo

निजी अस्पतालले आफुखुसी शूल्क बढाएपछि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, शूल्क नघटाए कडा कारबाही

निजी अस्पतालले आफुखुसी शूल्क बढाएपछि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, शूल्क नघटाए कडा कारबाही



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही निजी अस्पतालहरुले बेड तथा आफ्नो सेवाको शुल्क अनावश्यक बढाएको भन्दै ध्यानाकर्षण गराएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो शुल्क नघटाए कडा कारबाही गरिने बताएको हो । पछिल्लो समय केही निजी अस्पतालहरुले अनावश्यक शुल्क तोकेर सूचना बाहिर ल्याएका छन् । जसमार्फत सर्वसाधारण नागरिकहरुलाई दुखः र आर्थिक भार भर्ने मन्त्रालयको भनाई छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो सूचनामा केहिदिनयता मन्त्रालयले नै अनुगमन गरिरहेको र अनावश्यक बढाईएको शुल्क नघटाए कडाभन्दा कडा कारबाही गर्ने समेत बताएको छ । यस्तै मन्त्रालयले कहीँ कतै बढी शुल्क लिएको भेटेमा मन्त्रालयलाई जानकारी दिनसमेत आह्वान गरेको छ । केहिदिनअघि काठमाडौं मेडिकल कलेज र ह्याम्स अस्पताललगायत अस्पतालहरुले आफुखुसी बेडको शुल्क तोकेर सूचना बाहिर ल्याएका थिए ।

निजी अस्पतालले आफुखुसी शूल्क बढाएपछि स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, शूल्क नघटाए कडा कारबाही

प्रतिक्रिया दिनुहोस्
MBL