Logo

२४ घण्टामा थपिए कोरोनाका ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु

२४ घण्टामा थपिए कोरोनाका ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६ सय ५८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै यस अवधिमा कोरोना भाईरस संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्