Logo

नेपाली सेनाद्धारा अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता हुन तयार रहन निर्देशन

नेपाली सेनाद्धारा अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता हुन तयार रहन निर्देशन



काठमाडौँ । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहन निर्देशन जारी गरेको छ ।

जङ्गी अड्डामा बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको हो । 

हाल नेपालमा बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL