Logo

भारतबाट आउने यात्रुका लागि यी ८ होटललाई तोकियो क्वारेन्टीन, दैनिक शुल्क ३ हजार लाग्ने

भारतबाट आउने यात्रुका लागि यी ८ होटललाई तोकियो क्वारेन्टीन, दैनिक शुल्क ३ हजार लाग्ने



काठमाडौं । सरकारले हवाई उडानको बाटो हुँदै भारतबाट आउने यात्रुहरुका लागि भन्दै विभिन्न ८ होटललाई क्वारेन्टीन तोकेको छ । भारतबाट हप्तामा दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त ८ होटललाई तोकेको हो । जसअनुसार भारतबाट आएका सबै यात्रुले उक्त होटलमा मात्रै बस्न पाउनेछन् ।

मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए(वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ । यी होटेलमा देखि ९१ कोठासम्म उपलब्ध छन् ।

मन्त्रालयका अनुसार यी होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरि होटेल तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL