Logo

कोरोनाविरुद्धको खोप प्रत्येक २ बर्षमा लगाउनुपर्ने, सन २०२५ सम्म विश्वभर १ खर्ब ५७ अर्ब डलर खर्च हुने

कोरोनाविरुद्धको खोप प्रत्येक २ बर्षमा लगाउनुपर्ने, सन २०२५ सम्म विश्वभर १ खर्ब ५७ अर्ब डलर खर्च हुने



काठमाडौं । आगामी ६ बर्षमा विश्वभर कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलाउँदा १ खर्ब ५७ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

हालै अमेरिकास्थित स्वास्थ्य सम्बन्धी तथ्यांक राख्ने कम्पनी आईक्युभायाले निकालेको एक प्रतिवेदनमा उक्त तथ्यको अनुमान गरिएको हो । उक्त कम्पनीले सन २०२० देखि खोपमा भएको खर्चलाई जोडेको छ ।

आईक्युभायाका अनुसार सन २०२२ को अन्त्यसम्ममा कोरोना विरुद्धको खोप ७० प्रतिशतसम्म लगाएर सकिने अनुमान गरिएको छ । बुस्टर सट प्रक्रियाबाट लगाइने यस्तो खोप प्रत्येक २ बर्षमा लगाउनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै अमेरिकाले भने आफ्ना सबै नागरिकहरुलाई कोरोनाविरुद्धको पहिलो खोप ९ देखि १२ महिनाभित्रमा लगाइसक्ने घोषणासमेत गरेको छ । यसै बर्षमात्रै विश्वभर कोरोनाविरुद्धको खोप लगाउनका लागि मात्रै ५४ अर्ब डलर खर्च हुने बताइएको छ ।

यसरी बार्षिक कोरोनाविरुद्धको खोप लगाउनेको संख्यासहित मूल्य पनि घट्ने भएपछि आगामी ३ बर्षमो यसको जम्मा खर्च १ खर्ब ५७ अर्ब मात्रै पुग्ने बताईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL