Logo

देशका ५१ जिल्लामा निषेधाज्ञा आदेश जारी, क्रमशः पूरै देश लकडाउनतर्फ उन्मुख हुँदै (सूचीसहित)

देशका ५१ जिल्लामा निषेधाज्ञा आदेश जारी, क्रमशः पूरै देश लकडाउनतर्फ उन्मुख हुँदै (सूचीसहित)



काठमाडौं। कोरोना संक्रमण भुसको आगो बनेपछि निषेधाज्ञा गर्ने जिल्लाको संख्यामा पनि तीव्र वृद्धि भइरहेको छ । मंगलबार साँझसम्म यो संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले मंगलबार राति ८ बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा जारी भएको हो ।

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ । दैनिकरूपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेको छ । शनिबार २९ जिल्लामा निशेषधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकोमा सोमबार ४१ जिल्लामा आदेश जारी भएको थियो ।

मंगलबार थपिएका जिल्लाहरूमा महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व र रोल्पा रहेका छन् । ती जिल्लामध्ये रोल्पामा बुधबार बिहान ६ बजेदेखि र महोत्तरीमा साँझ ६ बजेदेखि आदेश लागू हुनेछ । अन्य तीन जिल्लामा मंगलबार राति १२ बजेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ । यसअघि नै आदेश जारी भएको दैलेखमा पनि मंगलबार रातिदेखि नै कार्यान्वयनमा गएको छ ।

प्राप्त विवरणअनुसार यसअघि जारी भएका बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषामा निषेधाज्ञ कार्यान्वयनमा छ । त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालिकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा छ ।

संक्रमण यही रफ्तारमा बढ्दै गए पूरै देश निषेधाज्ञाको अवस्थाबाट पूर्ण लकडाउनतर्फ जान सक्ने अवस्था रहेको स्वास्थ्यविज्ञहरुले बताउँदै आएका छन् ।

निषेधाज्ञा घोषणा भएका जिल्ला र समयावधि

https://drive.google.com/file/d/1D9epXCiQTbkrtXNaOHf8ovvwUNicP7mM/preview

प्रतिक्रिया दिनुहोस्
MBL