Logo

लकडाउन थप कडाई : यसअघि जारी गरिएका पास खारेज, उपत्यका बाहिर जाँदा १० दिन क्वारेन्टाईन अनिवार्य

लकडाउन थप कडाई : यसअघि जारी गरिएका पास खारेज, उपत्यका बाहिर जाँदा १० दिन क्वारेन्टाईन अनिवार्य



काठमाडौं । सरकारले आजै राति १२ बजेदेखि लागु हुनेगरी आगामी एक हप्ताका लागि लकडाउनलाई थप कडाई गरेको छ । मंगलबार जिल्ल प्रशासन कार्यालयले एक निर्देशन जारी गर्दै यसलाई थप कडा बनाईएको जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनअनुसार अब यसअघि जारी गरिएको सबै सवारी पासहरु खारेज गरिएको छ भने अन्य विभिन्न व्यवसायहरुसमेत बन्द गरिने भएको छ । यस्तै अब काठमाडौं भित्रिने सम्पुर्ण सवारीसाधनलाई पनि कडाई गरिने निर्देशनमा उल्लेख छ । अब अत्यावश्यक सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, खाद्यपदार्थलगायत बोकेका सवारीसाधनहरु मात्रै काठमाडौं प्रवेश पाउनेछन् । यस्तै उपत्यकाभित्र पनि अत्यावश्यक सामग्रीबाहेकका सवारीसाधनहरुलाई गुड्न दिईने छैन ।

साथै अब काठमाडौं छोडेर आफ्नो गृहजिल्ला जाने नागरिकहरुले भने आफ्नो स्थानीय तहमा गई कम्तिामा १० दिन अनिवार्य क्वारेन्टाईनमा बस्ने सिफारिस ल्याएर मात्रै जान पाउने छन् ।

यस्तो छ जिल्ला प्रशासनले गरेको कडाई :

लकडाउन थप कडाई : यसअघि जारी गरिएका पास खारेज, उपत्यका बाहिर जाँदा १० दिन क्वारेन्टाईन अनिवार्य
लकडाउन थप कडाई : यसअघि जारी गरिएका पास खारेज, उपत्यका बाहिर जाँदा १० दिन क्वारेन्टाईन अनिवार्य
लकडाउन थप कडाई : यसअघि जारी गरिएका पास खारेज, उपत्यका बाहिर जाँदा १० दिन क्वारेन्टाईन अनिवार्य

प्रतिक्रिया दिनुहोस्
MBL