Logo

पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ हजार १ सय ३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आजै मात्रै कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्