Logo

थप कडाइसहित काठमाडौं उपत्यकाको निषेधाज्ञा थपियो : साँझ पसल खोल्न नपाइने, हिंडडुल गर्न पनि रोक

थप कडाइसहित काठमाडौं उपत्यकाको निषेधाज्ञा थपियो : साँझ पसल खोल्न नपाइने, हिंडडुल गर्न पनि रोक



काठमाडौं । काठमाडौं निषेधाज्ञाको अवधि बैशाख २९ गतेसम्मका लागि थप गरिएको छ। ३ वटै जिल्लाका सिडिओहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

यसअघि २ दिन अघि मात्र मन्त्रिपरिषदको बैठकले २ हप्ता निषेधाज्ञा थप गर्न प्रशाशनलाई निर्देशन दिएको थियो । यसको साथै आजको बैठकले उपत्यकामा बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ।

साँझ पसल खोल्न नपाईने भएको छ भने अब जथाभावी हिंडुलमा पनि कडाई गरिने भएको छ । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै संक्रमण बढ्न नदिन सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो।

सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोली राति १२ बजे सकिदैछ। अब हुने निषेधाज्ञा थप कडा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL