Logo

देशको झण्डै दुई तिहाइ भागमा निषेधाज्ञा, आजदेखि थप ७ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

देशको झण्डै दुई तिहाइ भागमा निषेधाज्ञा, आजदेखि थप ७ जिल्लामा निषेधाज्ञा (सूचीसहित)



काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र बन्ने क्रमसँगै नियन्त्रण्का लागि ‘निषेधाज्ञा’ हुने जिल्लाको संख्या पनि बढिरहेको छ । यससँगै देशको झण्डै दुईतिहाइ भागमा निषेधाज्ञाको आदेश जारी भएको छ । आज देखि थप सात वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । यो सँगै ‘लकडाउन’ हुने जिल्लाको संख्या ४५ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ ।

यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ । निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढी भएका जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा शुरु हुँदैछ ।

मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।

यसैबीच काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन भएको भन्दै थप कडाइ गर्न आदेश जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

निषेधाज्ञा लागू भएका जिल्लाहरु :

https://drive.google.com/file/d/1owvADCw6-EF7cw8Zsgy0sG0x13WbNVim/preview

प्रतिक्रिया दिनुहोस्
MBL