Logo

वाणिज्य विभागले भन्यो : बजारमा अत्यावश्यक वस्तुको अभाव छैन

वाणिज्य विभागले भन्यो : बजारमा अत्यावश्यक वस्तुको अभाव छैन



काठमाडौं । पछिल्लो समय फैलिएको दोस्रो भेरियन्टको कोरोना महामारीमा बजारमा कुनै कुराको अभाव नभएको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ । सोमबार एक सूचना जारी गर्दै विभागले बजारमा अनुगमनपछि कुनै वस्तुको अभाव नभएको बताएको हो ।

विभागले विभिन्न समयमा अनुगमन गरी बजारमा कालोबजारी गर्ने, वस्तुको अभाव देखाउने लगायतका क्रियाकलाप गर्ने कार्यलाई निरुत्साहित गर्न कारबाहीसमेत गरिरहेको जानकारी दिएको छ । जसमार्फत व्यापारी व्यावसायीलाई दण्डीत गर्ने र जरिवाना लगाउने लगायतका कार्यहरु गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL