Logo

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने, दुई हजार जहाजबाट तुरुन्तै ल्याइँदै

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने, दुई हजार जहाजबाट तुरुन्तै ल्याइँदै



काठमाडौं । चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । दक्षिण एसियाली मुलुकका पांच विदेशमन्त्रीसंगको छलफलमा चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागी अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

नेपालसंग अहिले दैनिक ७ हजार वटा सिलिण्डरमा मात्र अक्सिजन भर्ने क्षमता छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अक्सिजनभन्दा पनि अहिले सिलिण्डरको आवश्यकता रहेको बताउंदै आएका थिए।

नेपालबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उक्त छलफलमा भाग लिएका थिए । छलफलमा महामारी रोक्न क्षेत्रीय सहकार्य आवश्यक रहेको भन्दै यो संकटसंग सवै एकजुट भएर लड्नुपर्नेमा साझा धारणा बनेको थियो ।

चीन सरकारले करिव ९ करोड बराबारको सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । चीनले दिने २० हजार थान सिलिण्डर छिटोभन्दा छिटो काठमाण्डु ल्याउने तयारी सुरु भएको छ । त्यसका लागी हवाई र स्थलमार्ग दुबैबाट झिकाउने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले दुई हजार थान भने हवाईजहाजबाट ल्याउने तयारीमा सरकार जुटेको छ ।

चीनबाट सिलिन्डर भित्रयाउने जिम्मा परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयले पाएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL