Logo

निषेधाज्ञामा पनि बढ्यो सुनको मूल्य, तोलाको ९० हजार ४ सयमा कारोबार हुँदै

निषेधाज्ञामा पनि बढ्यो सुनको मूल्य, तोलाको ९० हजार ४ सयमा कारोबार हुँदै



काठमाडौं । बिहीबारदेखि काठमाडौंलगयात देशका विभिन्न भागमा निषेधाज्ञा चलिरहेको छ । तर, यो अवधिमा पनि नेपाली बजारमा सुन चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज( सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL