Logo

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे समीक्षा हुँदैं, निषेधाज्ञा थप कति दिन लम्ब्याउने भन्नेबारे निर्णय हुने

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे समीक्षा हुँदैं, निषेधाज्ञा थप कति दिन लम्ब्याउने भन्नेबारे निर्णय हुने



काठमाडौं, । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज समीक्षा हुने भएको छ । निषेधाज्ञाको आदेश र कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार बैठकमा थप केही क्षेत्रमा कडाइ गर्ने बारे छलफल हुनेछ । बैठकमा आजसम्मको निषेधाज्ञाको अवस्था र यसलाई थप कडा बनाउनेबारे आवश्यक निर्णयबारे छलफल हुनेछ ।

एक हप्ताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएकोमा एक साता निषेधाज्ञाको समय थप गर्ने बारेमा पनि छलफल र आवश्यक निर्णय गरिने उनले जानकारी दिए ।

उपत्यकामा निषेधाज्ञा सुरु भएपछि दैनिकरुपमा निषेधाज्ञाका शर्तहरुमा केही फेरबदल गरिँदै आएको छ । मन्त्रिपरिषद्को अघिल्लो बैठकले आवश्यक परेमा निषेधाज्ञाको समय २ हप्तासम्म तोक्नका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको थियो । खाद्यान्नका पसल बिहान बेलुका चलाउन दिँदा भीड भएको भन्दै बिहान मात्रै सञ्चालन गर्ने बारेमा पनि बैठकमा कुराकानी हुने उनले जानकारी दिए ।

सरकारी कार्यालय र बैँक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी प्रहरी प्रशासनको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गएको बिहीबारदेखि कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै एक साताको निषेधाज्ञा आदेश जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL