Logo

काठमाडौंमा निषेधाज्ञा थप कडा हुने, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर बिहान मात्रै खोल्नेबारे छलफल

काठमाडौंमा निषेधाज्ञा थप कडा हुने, खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर बिहान मात्रै खोल्नेबारे छलफल



काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बिहानको समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न दिँदा बढी भीडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने विश्लेषणका साथ एक समय मात्रै खोल्न दिनेबारे छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आइतबारको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्कर्षमा पुगेको भन्दै यसबारे पुनः बैठक बसेर निर्णय लिइने बताए ।

हाल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म त्यस्ता पसल खोल्न दिइँदै आएको छ । पछिल्लो समय उपत्यकामा संक्रमणको फैलावट तीव्र बन्दै जाँदा मोबिलिटी कम गर्न प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने बारे समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL