काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार बिहानै स्वाब दिएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फुयाँललाई पनि संक्रमण पुष्टि भएको छ ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । तर, मन्त्री पत्नी फुयाललाई भने अस्पताल भर्ना गरिएको छ ।