Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् ।

विश्वासको मत लिनका लागि वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

तत्कालिन नेकपा हुँदा प्रधानमन्त्री ओली बहुमतको सरकारको प्रधानमन्त्री बनेको थिए । सर्वोच्च अदालतको फैसलासँगै नेकपाबाट तत्कालिन एमाले र माओवादmी टुक्रिएसँगै कुनै पनि दललाई बहुमत प्राप्त छैन । उद्यपि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म सरकार बहुमतमा रहेपनि प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतबाट ओली प्रधानमन्त्री पदमा कायम रहने १३८ सांसदको समर्थन लिनुपर्छ ।

कुल २७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १÷१ सिट रहेको छ । कुल संसदमध्ये माओवादी केन्द्रबाट ४ जनाले पार्टी छाडेर निलम्बनमा परेका छन् भने, नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL