Logo

वीर अस्पतालको नयाँ भवनमा ५ सय शैयाको कोरोना अस्पताल बनाउने, सीसीएमसीले सुरु गर्यो छलफल

वीर अस्पतालको नयाँ भवनमा ५ सय शैयाको कोरोना अस्पताल बनाउने, सीसीएमसीले सुरु गर्यो छलफल



काठमाडौं । बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाईउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त अस्पतालको नयाँ भवनमा ५ सय शैयाको कोरोना अस्पताल बनाउने विषयमा छलफल अघि बढाएका हुन् ।

सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन् ।

काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सिसिएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL