Logo

पछिल्लो २४ घण्टामा ७२ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै थपिए २७ सय ४४ जना

पछिल्लो २४ घण्टामा ७२ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै थपिए २७ सय ४४ जना



काठमाडौं । नेपालमा आईतबार मात्रै थप ७ हजार २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७ हजार १ सय ३७ जना र एन्टिजन परिक्षण गर्दा ७७ जना गरि जम्मा ७ हजार २ सय ११ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये भक्तपुरका ३ सय १ जना, ललितपुरका ५ सय ५० जना र काठमाडौंका २ हजार ७ सय ४४ जना गरि जम्मा ३ हजार ५ सय ९५ जना उपत्यकाका मात्रै छन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । संक्रमित मध्ये २ लाख ८३ हजार ९ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ रहेको छ ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय १२ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्