Logo

बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन–‘केन्द्रीय कार्यालयमा २० र शाखामा २५ प्रतिशत कर्मचारीमात्र उपस्थित गराएर सेवा दिनु’

बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन–‘केन्द्रीय कार्यालयमा २० र शाखामा २५ प्रतिशत कर्मचारीमात्र उपस्थित गराएर सेवा दिनु’



काठमाडौं ।   नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सतर्कताका साथ बैंकिङ्ग कारोबार गर्न भनेको छ । नेपालमा फैलिएको कोभिड १९ को दोस्रो लहर तीब्र रुपमा फैलिएको भन्दै सुरक्षाका मापदण्ड पालना गरि सेवा प्रवाह गर्न सङ्क्रमणको जोखिमलाई न्यूनिकरणमा सहयोग गर्न भनेको छ ।

केन्द्रीय बैंकले “क” “ख” “ग” “घ” बैंकहरूलाई सूचना निकालेरै निर्देशन दिएको हो । साथै बैंकले कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरणको लागी निषेधाज्ञा जारी भएका स्थानहरूमा रहेका केन्द्रीय कार्यालयका हकमा २० प्रतिशत भन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भए सम्म २५ प्रतिशत भन्दा कम कर्मचारीको उपस्थित गराएर का गर्ने व्यवस्था मिलाउन भनेको छ ।

नजिकै रहेका शाखाहरुको हकमा न्यून सङ्ख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरि सेवा प्रदान गर्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस्
MBL