Logo

महामारीमा मास्कमा डबल नाफा खाएर बिक्री, अल फाईन सर्जिकललाई २ लाख जरिवाना

महामारीमा मास्कमा डबल नाफा खाएर बिक्री, अल फाईन सर्जिकललाई २ लाख जरिवाना



काठमाडौं । सरकारद्वारा आज गरिएको बजार अनुगमनका क्रममा मास्कको मुल्य दोब्बर लिएको पाईएपछि एउटा सप्लायर्स कारवाहीमा परेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्सले प्रति पिस ४ रुपैंया ४६ पैसामा थोक खरिद गरेको डिस्पोजेबल सर्जिकल मास्क ८ रुपैंया ३८ पैसामा बिक्री गरेकोमा कारवाही गरिएको हो।

उपभोक्ता संरक्षण एन २०७५ को दफा १६ दुईको क विपरित अनुचित व्यापारिक क्रियाकलाप गरी कसुर गरेको पाईएकोले २ लाख रुपैंया जरिवाना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL