Logo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः पोखरेललाई नै अघि सारियो, फ्लोर क्रस नभए मुख्यमन्त्री बन्ने पक्का

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः पोखरेललाई नै अघि सारियो, फ्लोर क्रस नभए मुख्यमन्त्री बन्ने पक्का



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दावी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा आज नै उनले शपथ लिनेछन । ‘मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीका विषयमा सल्लाह हुँदैछ,’ प्रमुख सचेतक ढकालले भने ।

लुम्बिनीमा एमालेका पक्षमा ४१, नेपाली कांग्रेसका १९, नेकपा(माओवादी केन्द्र)का १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्