Logo

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ८९ हजार ९ सयमा कारोबार हुँदैं

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ८९ हजार ९ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९० हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL